नेपालमा प्रधानमन्त्रीको होइन,सल्लाहकारको शासन चलिरहेको छ: सांसद सिंह

विज्ञापन
ncell

उनले प्रधानमन्त्रीको सल्लाकारले भारतीय रअ प्रमुखलाई भेटेको पनि दाबी गरे । तर उक्त भेटलाई सार्वजानिक नगरेको आरोप लगाए ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको सल्लाकारले चालएको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्रीको कार्यकारी अधिकारमा सल्लाहकार तथा सचिवालय हावी भएको आरोप लगाएका हुन् ।

उनले सरकार संविधानको मर्म विपरित सञ्चालन भईरहेको आरोप लगाए। सांसद सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन प्रणाली भएपनि व्यवहारमा ‘सल्लाहकारको शासन’ जस्तो अवस्था देखिएको बताए । यस्तो व्यवस्था संविधानको कुन प्रावधानमा आधारित छ ? भन्दै प्रश्न उठाए ।

प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी तथा सुरक्षा निकायका प्रमुखमाथि पटक पटक दबाब दिने गरेको आरोप लगाए । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाब दिएको उनको भनाई छ । प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको उनले बताए ।

उनले सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुगेको टिप्पणी पनि गरे । उनले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भएपनि सरकारले त्यसमाथि निरन्तर प्रहार गरिरहेको उनको भनाई छ । उनले मधेशी समुदायमाथि पनि सरकारले निरन्तर विभेद गरिरहेको आरोप लगाए । सरकारी नियुक्तिमा समावेशिताको सिद्धान्त पालना नभएको उनको भनाई छ ।

उनले पछिल्लो समय न्यायालय, कर्मचारी र सञ्चारकर्मीलाई धम्की दिने प्रवृत्ति बढेको आरोप लगाए । उनले प्रधानमन्त्रीको सल्लाकारले भारतीय रअ प्रमुखलाई भेटेको पनि दाबी गरे । तर उक्त भेटलाई सार्वजानिक नगरेको आरोप लगाए । उनले वर्तमान सरकारलाई नाश गर्न एउटै सरकार काफी रहेको बताए । उनले सरकार सचिवालय र सल्लाहकारप्रति नभई संसद र जनप्रतिनिधि र संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।