करदाता प्रोत्साहन कार्यक्रमका पाक्षिक पुरस्कार विजेता सार्वजनिक

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक १६ देखि ३० गतेसम्म सञ्चालन भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमका दोस्रो पाक्षिक पुरस्कार विजेता सार्वजनिक गरेको छ ।

विभागका अनुसार विभिन्न पसल तथा व्यवसायबाट जारी कर बीजकका आधारमा उपभोक्ताले १०० रुपैयाँदेखि १२ हजार ५०० रुपैयाँसम्मका दैनिक पुरस्कार प्राप्त गरेका छन्। सबैभन्दा बढी १ लाख रुपैयाँको पुरस्कार न्यू महालक्ष्मी ज्वलर्सबाट जारी बीजकका आधारमा विजेताले प्राप्त गरेका छन् ।

त्यस्तै, जुगल तरकारी तथा फलफूल आपूर्तिकर्ताबाट जारी बीजकका आधारमा १२ हजार ५०० रुपैयाँ, बी ड्रिम सङ्कलनबाट ३ हजार ५५० रुपैयाँ, सूरज वाइन पसलबाट ३ हजार ४०० रुपैयाँ र रोशिका कृषि तथा पशुपन्छी फार्मबाट २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने विजेता रहेका छन् ।