अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्यमा वृद्धि
राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा रहेको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा कायम भएको छ। सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४ रुपैयाँ ४९ पैसा रहेको छ। यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १० पैसा तोकिएको छ ।
दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १२ पैसा र बिक्रीदर ११ रुपैयाँ १७ पैसा रहेको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा तोकिएको छ। त्यस्तै, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४८८ रुपैयाँ ५३ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९९ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्नेछन्। अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ ।