काठमाडौं उपत्यकामा २४ घण्टामा ६५० सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५० सवारीसाधनमाथि कारबाही गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ माघ २४ गते बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १६४ जनामाथि कारबाही गरिएको छ ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११२, सिसीटिभी निगरानीबाट ३९, रातो बत्ती उल्लङ्घन गर्ने २०, सवारीको अवस्था ठीक नभएका १८ र अनावश्यक हर्न बजाउने ७ जनामाथि कारबाही गरिएको छ । यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने २ र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २८८ सवारीसाधनमाथि कारबाही गरिएको विवरणमा उल्लेख छ ।