राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन गर्ने
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
थप तस्बिरहरू