घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ आज भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आाइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला एक सय रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।