राप्तीतटमा यस वर्षको छठ पूजामा ६५ हजार बढी भक्तजन सहभागी

हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी बनेको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिए ।

बागमती । हेटौँडाको राप्तीतटमा आयोजित छट विशेष पूजा समारोहमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् । हेटौँडास्थित राप्ती नदी किनारको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी बनेको छठ पूजा समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिए ।

राप्ती तटमा आयोजित छठ विशेष कार्यक्रममा मकवानपुुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहित विभिन्न उच्च पदस्थ सरकारी कर्मचारी, राजनीतक दलका नेता, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।

भक्तजनको उल्लेख्य उपस्थितिका कारण आइतबार साँझ पूर्व पश्चिम राजमार्गअन्तर्गतको राप्ती रोडमा केही समय सडकमा केही समय जामको अवस्था सिर्जना भएको उनले जानकारी दिए । हेटौँडामा पछिल्लो २० वर्षयता छठ पूजाप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उनको भनाइ छ ।