आज पनि घट्यो सुनको मूल्य, कतिमा हुंदैछ कारोबार
सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुन-चाँदीको मूल्य घटेको छ । गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य आज भने तोलामा एक हजार नौ सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।