निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?
मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो ।
मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज भने तोलामा ६ हजार तीन सय रूपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला तीन हजार चार सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा तीन हजार तीन सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ८० रूपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार सात सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।