अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा उछाल, नेप्से सूचक ८३ अंकले बढ्दै २७६० अंकमा उक्लियो

सोमबार नेप्से ८३.३३ अंक अर्थात् ३.११ प्रतिशतले बढेर २७६०.०२ बिन्दुमा उक्लिएको छ । सोमबार नेप्सेमा कुल १० अर्ब ९२ करोड माथिको कारोबार भएको छ ।

काठमाडौं । अर्थमन्त्रीको आश्वासनपछि हिजो १०५  अंकले घटेको सेयर बजार सोमबार भने सम्हालिएको छ । बिहानै स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूसँग भेट गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारको गिरावटबाट नआत्तिन र छिटै सुधार हुनेमा आशावादी हुन लगानीकर्ताहरूलाई आग्रह गरेका थिए, जसको प्रभाव आजकै बजारमा देखिएको छ ।  सोमबार नेप्से ८३.३३ अंक अर्थात् ३.११ प्रतिशतले बढेर २७६०.०२ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १०५ अंकले घट्दै २६७६.६८ बिन्दुमा खुम्चिएको थियो । सोमबार कारोबारमा आएकामध्ये २६४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । सोमबार नेप्सेमा कुल १० अर्ब ९२ करोड माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १२ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । आज उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, नेशनल हाइड्रो पावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमाआज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोछ