मर्ज भए समृद्धि र पोखरा फाइनान्स, सुरु भयो पोखरा फाइनान्सबाट एकीकृत कारोबार

सेयर कारोबार पनि रोक्का

केही ससमयअघि समस्याग्रस्त घोषित पोखरा फाइनान्सलाई समृद्धिसँग मर्जमा जाने अन्तिम स्वीकृति पाएसँगै नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीबाट हटाएको थियो ।

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज भई आज (असार २६ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । पोखरा र समृद्धिबीच एक आपसमा गाभ्नेरगाभिने कार्य सम्पन्न भई आजदेखि पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । पोखरा र समृद्धि मर्ज भएससँगै राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा कारोबार थालेका हुन् ।


एकीकृत कारोबार सुरु भएसँगै दुबै फाइनान्सको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का राखेको छ। नेप्सेले असार २५ गते एक सूचना जारी गर्दै दुवै फाइनान्सको सेयर कारोबार रोक्का गरिएको जनाएको हो ।पोखरा फाइनान्सस कास्की पोखरामा मुख्य कार्यालय रहेर वित्तीय सेवा दिइरहेको संस्था हो । केही ससमयअघि समस्याग्रस्त घोषित फाइनान्स समृद्धिसँग मर्जमा जाने अन्तिम स्वीकृति पाएसँगै नेपाल राष्ट्र बैंकले समस्याग्रस्तको सूचीबाट हटाएको थियो । राष्ट्रियस्तरको समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय मकवानपुरको हेटौंडामा छ भने काठमाडौं पुतलीसडकमा कर्पोरट कार्यालय छ । 

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम असार २६ गतेदेखि लागू हुने गरी दुवै फाइनान्सको सेयर कारोबार रोक्का राख्ने निर्णय भएको नेप्सेको विज्ञप्तिमा उल्लेख छ ।