१५ अर्बको एक वर्षे ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, बोलकबोलमार्फत ब्याजदर तय

आज भएको भएको ऋणपत्रको सावाँ भुक्तानी २०८४ असार २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानी योग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्न लागेको हो । 

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउँछन् । आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रका लागि अनलाइनबाट आवेदन दिन सकिने छ भने ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । आज भएको भएको ऋणपत्रको सावाँ भुक्तानी २०८४ असार २९ गते हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ ।