ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

विज्ञापन
ncell

बैंकका सेयरधनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर पाउनेछन् ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

बैंकका सेयरधनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर पाउनेछन् । बैंकको अहिले ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

भदौ १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।