सुन तोलामा २ हजार ७ सय र चाँदी १ सय रुपैयाँले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ७ सयले घटेर २ लाख ८९ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४ हजार २५५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३५५ मा कारोबार भएको थियो ।