सिद्धार्थ बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित
साधारण सभाले विके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थपिएको हो ।
बैंकको चुक्ता पुँजी यसअघि १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ थियो। बुधबार सम्पन्न साधारण सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान विवरण र नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।
साधारण सभाले विके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।