जारी मौद्रिक नीति, वाफिया संशोधन र वित्तीय क्षेत्र विकास रणनीतिका सम्वन्धमा गभर्नरको बैंकरहरुसँग छलफल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरू सँग छलफल गरेका छन् । 

गभर्नरले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (बाफिया) संशोधन विधेयकका प्रस्तावित व्यवस्था र दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयारीका लागि बैंकहरूका सिईओसँग साढे १ बजे काठमाडौंको मेरियट होटलमा छलफल गरेका हुन् । 

गभर्नर पौडेलले यिनै विषयमा छलफल गर्न बुधबार बैंकका अध्यक्षहरूलाई साढे १ बजे सोल्टी होटलमा बोलाएका छन् ।