माछापुच्छ्रे बैंकको नाफामा छलाङ, वितरणयोग्य नाफा कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा उच्च बृद्धि देखिएको छ । ले पनि सोही संकेत देखिएको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा पहिल अपरिस्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको वाषि चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको माछापुच्छ्रे खुद नाफा ९२ प्रतिशतले बढाएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी १५ प्रतिशत बढेर लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले घटेपछि बैंकले उल्लेख्य नाफा कमाएको हो । 

अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्ज १ अर्ब ३९ करोड रहेकोमा गत वर्ष ३५ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ । त्यस्तै खुद ब्याज आम्दानी पनि ४ अर्ब ९८ करोडबाट बढाएर ५ अर्ब ७५ करोड रुपैयाँ कमाएको छ । बैंकको नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि करिब दोब्बरले बढेर ८ रुपैयाँ ९९ पैसाबाट १७ रुपैयाँ ३१ पैसा पुगेको छ ।

गत वर्षमा बैंकको १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । यसआधारमा प्रतिसेयर ९ रुपैयाँ २३ पैसा वितरणयोग्य नाफा हुन्छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको हिस्स ३.८३ प्रतिशत छ । अघिल्लो वर्ष निस्क्रिय कर्जा ३.८६ प्रतिशत थियो । ब्याजको आधार दर एक वर्षमा ८.२६ प्रतिशतबाट घटेर ६.३० प्रतिशतमा झरेको छ ।