इन्जिनियरिङ र भ्यालुअर्स एशोसिएशनले गभर्नरलाई बुझाए ज्ञापनपत्र, भ्यालुअर्सको समस्या सल्टाउन माग

नेपाल इन्जिनियरिङ एशोसिएशन र नेपाल भ्यालुअर्स एशोसिएशनका पदाधिकारीहरुले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरि वित्तीय क्षेत्रमा देखिएको मूल्यांकनकर्ता (भ्यालुअर्स)को समस्या समाधान गर्न माग गरेका छन् । 

दुबै एशोसिएसनका अध्यक्षहरुले गभर्नर पौडेललाई भेट गरि भ्यालुअर्सका समस्या समाधानको माग गर्दै ज्ञापनपत्र सममेत बुझाएका छन् । 

भेटका अवसरुमा गभर्नर पौडेललले भ्यालुअर्सको समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएको जनाइएको छ ।