शुक्रबार साँझदेखि केलाली कारागार पूर्णरुपमा कैदीबन्दीको नियन्त्रणमा

१ जनाको ज्यान जाने गरी कैलाली कारागारमा भएको झडपपछि कैदी बन्दीहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा एसपी सहितका स्थानीय प्रहरी अधिकारीहरुसँग छलफल नै नगर्ने अडान लिएका छन् ।

त्योसंगै मानवअधिकार आयोग र गृहमन्त्रालयको उच्चस्तरीय टोली कैदीबन्दीसंग छलफलको लागि कारागारमा जाने भएको छ ।

सरकारले कारागार पूर्णरुपमा नियन्त्रणमा आएको बताएपनि त्यो झुटो भएको खुलेको छ । शुक्रबार साँझदेखि कारागार पूर्णरुपमा कैदीबन्दीको नियन्त्रणमा रहेको र स्थानीय प्रशासन कारागारभित्र प्रवेश गर्न सकिरहेको छ । कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् । तर, अहिले कैदीबन्दीका आफन्तहरूले भेट गरिरहेको जानकारी पाएको बताए ।

शुक्रबार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । आक्रमणमा गरी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना घाइते छन् ।