एभरेस्ट बैंकको नाफा ५ अर्ब नजिक, लाभांस क्षमता ३८.२७ रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँको तुलनामा ३२.८० प्रतिशतले नाफा बढाएको हो ।

खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढाएर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको बैंकको सञ्चालन नाफा ३१.६२ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख ३५ हजार रुपैयाँ पुगेको ।

२०८२ असारको अपस्किृत वित्तीय विवरण अनुसार एभरेस्टको वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ छ । जुन अघिल्लो आर्थिक वर्षको सेयरधनीलाई लाभांश दिने क्षमता २८.०६ रुपैयाँको तुलनामा बढेर ३८.२७ रुपैयाँ पुगेको हो । 

१२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख १७ हजार रुपैयाँ छ । बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५२ करोड ४६ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ । हाल बैंकको प्रति सेयर आम्दानी ३७.९९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ ।