सानिमा क्यापिटलका दुई म्युचुअल फन्डले गरे लाभांश घोषणा
काठमाडौं । सानिमा क्यापिटलका दुई म्युचुअल फन्डले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् ।
सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट इकाइधनीलाई नगद लाभांश प्रस्ताव गरेका हुन् ।
सानिमा ग्रोथ फन्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फन्डले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् ।
सानिमा ग्रोथ फन्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभांश र लार्ज क्याप फन्डले २५ करोड २६ लाख ३१ हजार बराबरको लाभांश दिने निर्णय गरेको हो ।