कुमारी क्यापिटलका तीन म्युचुअल फण्डले लाभांश वितरण गर्ने

कुमारी क्यापिटलको व्यवस्थापनमा रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरुले प्रतिफल वितरण गर्ने भएका छन् । फण्डहरुले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् ।

कुमारी ईक्विटी फण्डले ११.५० प्रतिशत, कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत र कुमारी सबल योजनाले ९ प्रतिशत वितरण गर्ने भएका हुन् । उक्त वितरण गर्ने प्रयोजनको लागि इकाईधनी दर्ता किताब बन्द गर्ने सूचना पछि सार्वजनिक गर्ने भएको छ ।