बैंकहरुको नाफा ४३.२७ प्रतिशतले बढ्यो, नबिललाई पछयाउँदै इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमई
सबैभन्दा कम नाफा गत वर्ष एनआईसी एशिया बैंकले गरेको छ । नाफा घट्ने बैंकहरुमा एनआइसी एसियासहित स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र सिटिजन्स बैंक इन्टरनेशनल रहेका छन् ।
काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब ४५ करोड ८ लाख १८ हजार रुपैयाँ नाफा कमाएका छन् ।
गत वर्षको असारसम्म सञ्चालित २० वाणिज्य बैंकले अघिल्लो वर्षको सोही अवधिमा गरेको खुद नाफा ४९ अर्ब ८७ करोड १३ लाख ३९ हजार रुपैयाँको तुलनामा ४३.२७ प्रतिशत बढी हो ।
बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत (लेखापरीक्षण अघिको) वित्तीय विवरण अनुसार अघिल्लो वर्षको त’लनामा गत आर्थिक वर्षमा १६ बैंकको नाफा बढ्दा ४ को भने घटेको छ ।
सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक दरिएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमई बैंकले पछ्याइरहेका छन् । सबैभन्दा कम नाफा गत वर्ष एनआईसी एशिया बैंकले गरेको छ । नाफा घट्ने बैंकहरुमा एनआइसी एसियासहित स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक र सिटिजन्स बैंक इन्टरनेशनल रहेका छन् ।
नबिल बैंकले गत वर्ष ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले धेरै हो ।
नबिललाई पछ्याएको नेपाल इन्भेष्टमेन्ट मेगाले ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ नाफा गरेको छ । इन्भेस्टमेन्ट मेगाको नाफा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत धेरै हो । त्यस्तै, ग्लोबल आइएमईले पनि ६ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ नाफा गरेको छ ।
असारसम्म प्रभु बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार, कृषि विकास बैंकको नाफा ४३.३८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार, प्राइम बैंकको १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार, नेपाल बैंकको १३ हजार १८४ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार, एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ ।
यस्तै सानिमा बैंकको नाफा ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड ११ लाख ५५ हजार, कुमारी बैंकको ४५ हजार ८२९.०१ प्रतिशतले बढेर २ अर्ब ११ करोड ६४ लाख ९ हजार, माछापुच्छे« बैंकको नाफा ९२.४५प्रतिशतले बढेर २ अर्ब १ करोड १४ लाख ६१ हजार, हिमालयन बैंकको नाफा २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
गत वर्ष स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार, नेपाल एसबिआई बैंकको नाफा ९.८६प्रतिशतले घटेर १ अर्ब ८० करोड २५ लाख ८० हजार, सिटिजन्स बैंकको नाफा २.०८ प्रतिशतले घटेर १ अर्ब २९ करोड ३३ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ ।
सबैभन्दा कम नाफा गर्ने एनआईसी एशिया बैंकको १० करोड १५ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । एनआइसी एसियाको नाफा अघिल्लो वर्षको तुलनामा ८५.५२ प्रतिशतले कम हो ।