मुक्तिनाथ विकास बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढ्यो

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार सो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी २० रुपैयाँ ७५ पैसा रहेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ ।

७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।