अमेरिकी डलर र युरो बढ्यो, अरु मुद्रा कतिमा हुँदैछ सटही

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ११ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १८ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।