महानगरविरुद्ध कवाड व्यवसायीको प्रदर्शन
काठमाडौं । काठमाडौंमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् । याे प्रदर्शन कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरविरुद्ध गरेकाे हाे ।
प्रदर्शन भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म भएकाे थियाे ।
महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।
आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू काठमाडाैं महानगरका मेयर बालेन शाहसँग रिसाएका छन् ।