सेयर बजार बढेर २७६१ अंक पुग्याे, काराेबार रकममा भने गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज बढेर बन्द भएको हो । आज बजार २१.३० अंक बढेर नेप्से २७६१.२६ पुगेको छ ।
नेप्से बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७५ करोडको भयो ।
आज १ सय ७९ कम्पनीको मूल्य बढ्दा ७१ को घट्यो । अधिकांश समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । दुई पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा र हिमालयन रिको मूल्यमा भएको उच्च वृद्धिले समग्र यो समूह धेरै बढ्यो ।
त्यस्तै बैंकिङ ०.५८, विकास बैंक ०.९५, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर ०.३२, लगानी ०.३४, जीवन बिमा ०.५६, माइक्रोफाइनान्स १.५०, निर्जीवन बिमा ०.३१ तथा व्यापार ०.०५ प्रतिशत बढे ।
उत्पादन तथा प्रशोधन समूह भने जम्मा ०.०५ प्रतिशत घट्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावर छन् । साना किसान विकास बैंकको ५.२६, नेपाल पुनर्बिमा कम्पनीको ५.१०, महुली लघुवित्तको ४.४८, उन्नति सहकार्य लघुवित्तको ४.२५, मिथिला लघुवित्तको ४.२५ तथा हिमालयन रिइन्स्योरेन्सको ३.३६ प्रतिशत मूल्य बढ्यो ।
सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५४ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ३.५० तथा खानीखोला हाइड्रोपावरको २.६३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बिमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, राधी विद्युत् तथा छिमेक लघुवित्त वित्तीय संस्था छन् ।
१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशाेधन र म्युचुअल फण्ड उपसमूहकाे परिसूचक सामान्य अंक घटेकाे हाे ।