माओवादी केन्द्रबाट निर्वाचित गोरखा चुमनुब्री–६ का वडाध्यक्ष वैदेशिक राेजगारीका लागि विदेश उडे

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेसिएका छन् ।

उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुन: एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो,’ उनले लेखेका छन् ।