स्वास्थ्य बीमा बोर्डद्वारा असोजभित्र नविकरण गर्दा बीमितसँग जरिवाना नलिने, लाग्छ ४ गुणासम्म जरिवाना
बोर्डको सो निर्णयबाट हजारौं बीमितहरु जरिवानाबाट बच्ने भएका छन् । बोर्डले एक पटक बीमा सेवा लिएकाहरुले बीचमा छोडेर फेरी बीमा सेवा लिँदा ४ गुणासम्म जरिवाना तोकेको छ ।
काठमाडौं । स्वास्थ बीमा बोर्डले बीमितहरुलाई थप राहत दिएको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा सेवा लिएका बीमितहरुले अगामी असोजसम्म बीमा पोलिसी नविकरण गरेको खण्डमा कुनै पनि जरिवाना तिर्नु नपर्ने भएको छ ।
बोर्डको सो निर्णयबाट हजारौं बीमितहरु जरिवानाबाट बच्ने भएका छन् । बोर्डले एक पटक बीमा सेवा लिएकाहरुले बीचमा छोडेर फेरी बीमा सेवा लिँदा ४ गुणासम्म जरिवाना तोकेको छ । स्वास्थ्य बीमा बोर्डले आफ्ना बीमा पोलिसीहरुलाई अनलाइन माध्यमबाट सजिलै नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।