लघुवित्तमा २५ प्रतिशत बढी संस्थापक सेयर हुने लाभांस नपाउने, हिस्सा घटाउन दबाब

लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर हुने संस्थापक लगानीकर्तालाई तत्काल लाभांशमा रोक लगाइएको छ ।  

राष्ट्र बैंकद्धारा बुधबार जारी ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मा लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न संस्थापक सेयर हिस्सा घटाएर २५ प्रतिशतमा सीमित गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले २०७७ को कार्यविधि प्रतिस्थापन गर्दै बुधबार वाणिज्य बैंकबाहेकलाई लभांस वितरण गर्नुअघि थप ०.५ प्रतिशत विन्दुले पुँजीकोष कायम गर्न निर्देशन दिएको थियो । सोही कार्यविधिमार्फत लघुवित्तका संस्थापक सेयरधनीको लाभांस वितरणमा कडाई गरिएको हो ।