नर्भिक हस्पिटलले सर्वसाधारणलाई सेयर विक्री गर्ने, ४० प्रतिशत बोनस पारित गर्न बोलायो साधारणसभा
हस्पिटलले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर दिने प्रस्तावसमेत ल्याएको छ ।
काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले सर्वसाधारणलाई सेयर विक्री गर्ने (आइपीओ निष्कासन गर्ने) भएको छ । हस्पिटलले आइपीओ निष्कासनको प्रस्तावसहित भदौ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले प्रस्ताव पारित गरेपछि संस्थाको जारी पूँजीको २० प्रतिशत आइपीओ निष्कासन प्रक्रिया सुरु गर्ने छ ।
हस्पिटलले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर दिने प्रस्तावसमेत ल्याएको छ । हस्पिटलले साधारण सभामा ७ वटा साधारण र ३ वटा विशेष प्रस्ताव अघि सारकेको छ ।
लाभांश वितरण प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज तोकिएको छ । यद्यपी हस्पिटल अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छैन ।