भरतपुर महानगरद्वारा ७ हजार बढीलाई नि:शुल्क सीप तालिम प्रदान

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिएको जनाएको छ । महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा स्वरोजगार सम्बन्धी सीपमूलक तालिम दिएको महानगरले जनाएको हो ।

तालिम लिनेमध्ये २ हजार ५ सय ९१ पुरुष र ४ हजार ६ सय ५० जना महिला रहेका छन् । महानगरको रोजगारी शाखाका अनुसार प्लम्बिङ्ग, केयर गिभर, मन्टेश्वरी, फेसन डिजाइनर, इलेक्ट्रिसियन, ग्राफिक डिजाइनिङ, ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरूको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौसी खेती, पञ्चेबाजा बजाउने, मादल तथा खैँजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ ।

यस्तै कृषि, बारिष्ठा बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेकलेस तथा चुरा बनाउने, ड्राइभिङ, एडभान्स ब्युटिपार्लर, कुक, सेनेटरी प्याड बनाउने लगायतका तालिम हुन्।