चार जीवन बीमा कम्पनीको नाफामा आयो गिरावट, सबैभन्दा धेरै कमाउनेमा रिलायबल लाइफ
यसअवधिमा १० जीवन बीमा कम्पनीको नाफा बढेर ४ कम्पनीको नाफा घट्दा समग्र नापफामा गिरावट आएको छ । नाफा घटेका कम्पनीमा नेपाल लाइफ, मेट लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी छन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ठूलो गिरावट आएको छ ।
काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नाफा घटेको छ ।
कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्ममा ४ अर्ब ५९ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा ५.५५ प्रतिशतले कम हो । गत वर्ष चैतसम्म १४ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८६ करोड १७ लाख ६ हजार रुपैयाँ नाफा कमाएका थिए ।
यसअवधिमा १० जीवन बीमा कम्पनीको नाफा बढेर ४ कम्पनीको नाफा घट्दा समग्र नापफामा गिरावट आएको छ । नाफा घटेका कम्पनीमा नेपाल लाइफ, मेट लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी छन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा ठूलो गिरावट आएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले चैतसम्म ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । जुन नाफा गत वर्ष चैतमा कमाएको १ करोड ५४ लाख १९ हजार रुपैयाँको तुलनामा ७३.९५ प्रतिशतले घटेको छ। यस्तै मेट लाइफको नाफा १२.३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार, प्रभु महालक्ष्मी लाइफको नाफा १.६१ प्रतिशतले घटेर २७ करोड ५० लाख ७० हजार, हिमालयन लाइफको नाफा ४४.७ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँमा खुम्चिएको छ ।
बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यसअवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै छ । चैतसम्म रिलायबलको नाफा सबैभन्दा धेरै ४७ करोड ४ लाख १७ हजार रुपैयाँ छ । यद्यपी यो नाफा गत वर्ष चैतको ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँको तुलनामा ०.९९ प्रतिशत बढी हो ।
यस्तै धेरै नाफा कमाउने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छ । चैतसम्म नेपाल लाईफको नाफा गत वर्ष सोही अवधिको ६२ करोड ६६ लाख ९ हजार रुपैयाँको तुलनामा २७.४ प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ ।
रकमका आधारमा धेरै नाफा कमाउने तेस्रो कम्पनीमा दरिखएको नेशनल लाइफ इन्स्योरेन्सले गत वर्ष चैतको तुलनामा १.९८ प्रतिशतले बढेर ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै यसअवधिमा आइएमई लाइफको नाफा ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार, सिटिजन्स लाइफको नाफा ०.६७ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ, एशियन लाइफको नाफा ३.७९ प्रतिशतले बढेर ३४ करोड ७३ लाख ८६ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ०.९५ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार, सन नेपाल लाइफको नाफा ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार, सूर्यज्योति लाइफको नाफा ११.७ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ३५.८ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।