सामसुङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ योजना सार्वजनिक, फोनमा आकर्षक एक्स्चेन्ज बोनस र छुट

ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् । यस अफरमार्फत ग्राहकले आकर्षक छुट, थप एक्स्चेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन्। अभियान अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा पनि पाउनेछन् ।

आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर ग्राहकले त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको थप एक्सचेन्ज बोनस पाउन सक्नेछन्’ सामसङ नेपालले एक विज्ञप्तिमा भनेको छ ।

ग्राहकको पहुँच अझ सहज बनाउन कम्पनीले विभिन्न फोनमा निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार छुट र ८ हजार रुपैयाँ एक्स्चेन्ज बोनस, एस २६ प्लसमा २३ हजार छुट र ८ हजार रुपैयाँकै एक्स्चेन्ज बोनस, एस २६ मा १० हजार छुट र ८ हजार रुपैयाँ एक्स्चेन्ज बोनस दिइने कम्पनीले जनाएको छ । त्यस्तै ए ५७ र ए ३७ मा ५ हजार छुट तथा ५ हजारकै एक्स्चेन्ज बोनस प्रदान हुने कम्पनीले जनाएको छ । यीसहित एनसेलको बोनस डेटा सुविधा समेत उपलब्ध हुनेछ । मे २७ देखि जुन ३० सम्म चल्ने यो सीमित अवधिको योजना देशभरका आधिकारिक सामसुङ स्टोर र पार्टनर आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।