आर्थिक विधेयकमा त्रुटि भएको भन्दै अर्थमन्त्रीले गराए संसद्लाई जानकारी
१५ जेठमा सार्वजनिक आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटसँगै जारी गरेको आर्थिक विधेयक २०८३ मा भएका त्रुटिलाई सच्याएर संसद सचिवालयमा दर्ता गराएका हुन् ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भएका त्रुटिलाई सच्चाएका छन् । १५ जेठमा सार्वजनिक आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटसँगै जारी गरेको आर्थिक विधेयक २०८३ मा भएका त्रुटिलाई सच्याएर संसद सचिवालयमा दर्ता गराएका हुन् ।
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरेको आर्थिक विधेयकमा त्रुटि फेला परेपछि अर्थ मन्त्रालयले सच्चाएर वेबसाइटमा प्रकाशन गरेको संघीय संसद् सचिवालयले जनाएको छ । मन्त्रालयले आर्थिक विधेयक सच्चाएर सूचित आदेश जेठ २० मा प्रकाशित गरेको थियो । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको दफा ११ को उपदफा २ र अनुसूची ४ मा छुटेको प्रकारण ५, दफा ५५ को उपदफा १० को अनुसूची १ को समूह २ को भन्सार उपशीर्षक सच्चाएको बताइएको छ ।
यद्यपी रिर्पोटहरु भने अर्थमन्त्री वाग्ले स्वयंले जानीबुझिकन आर्थिक विधेयक छेडखानी गरेको भनेर आलोचना भईरहेको छ ।