बजेटको मर्मअनुरुप मौद्रिक नीति बन्छः डेपुटी गभर्नर पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले बजेटको मर्मअनुरुप मौद्रिक नीति बन्ने बताएका छन् । बजेटमार्फत केही कार्यक्रम र लक्ष्यहरू निर्धारण भइसकेकाले सोही आधारमा मौद्रिक नीति निर्माण हुन्छ पण्डितले भने ।

नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको दोस्रो सेसनअन्तर्गत मौद्रिक नीति पूर्व छलफलमा बोल्दै डेपुटी गभर्नर पण्डितले अहिले राष्ट्र बैंकले बजारको प्रतिक्रियालाई नजिकबाट अध्ययन गरिरहेको बताए । जानकारी दिए ।

शुक्रबार म्यानले पोस्ट बजेट छलफलसमेत आयोजना गरेको थियो । पहिलो सत्रमा पोस्ट बजेट छलफल गरेको म्यानले दोस्रो सत्रमा पूर्व मौद्रिक नीति छलफल गरेको थियो ।