सरकारले गर्यो १८ सहसचिवको सरुवा तथा पदस्थापन, १५ जिल्लामा नयाँ सीडीओ (सूचीसहित)

जिल्ला प्रशासन कार्यालय सर्लाहीको सीडीओ राजुराज कडरियालाई गृहमन्त्रालय तानिएको छ भने अन्य १५ जना सहसचिवलाई विभिन्न जिल्लाको सीडीओमा सरुवा तथा पदस्थापन गरिएको छ ।

काठमाडौं । सरकारले १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयको शुक्रबारको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी (सहसचिव) हरुको सरुवा तथा पदस्थापन गरेको हो ।

गृहमन्त्रालयले जारी गरेको सरुवा तथा पदस्थापन सूचीअनुसार प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकका पदस्थापन गरिएको छ ।

त्यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका राजुराज कडरियालाई गृहमन्त्रालय तानिएको छ भने अन्य १५ जना सहसचिवलाई विभिन्न जिल्लाको सीडीओमा सरुवा तथा पदस्थापन गरिएको छ ।

कुन सहसचिव कहाँ पुगे ?