६६ नेपालीले तत्काल कम्बोडिया छोड्नुपर्ने, नफर्किए ५ लाख डलर जरिवाना र आजीवन कारावास

यसअघि विभिन्न उद्देश्यले कम्बोडिया पुगेका तर, भिसा अवधि सकिएर पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काइएको थियो ।

काठमाडौं । भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडि आएका ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन निर्देशन दिइएको छ । थाइल्यान्डस्थित नेपाली दूतावासले आईतबार एक सूचना जारी गर्दै ६६ जना नेपालीलाई तत्काल स्वदेश फर्किन भनिएको हो ।

ईमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा ६६ जना नेपालीहरू स्वदेश फर्किन तदारूकता नदेखिएकाले सूचना जारी गरि स्वदेश फर्किन दबाब दिइएको हो । यसअघि विभिन्न उद्देश्यले कम्बोडिया पुगेका तर, भिसा अवधि सकिएर पनि नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काइएको थियो । त्यसका लागि दुतावासले कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरेको थियो ।

तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूउपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानुन अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँचलाख अमेरिकी डलर सम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय गर्ने बताइएको छ । ‘सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको , ‘साथै, उहाँहरूका परिवारजन तथा आफन्तजनहरूमा समेत यसै सूचनालाई आधारमानी आफ्ना प्रियजनहरूलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।’

यस्तो छ दूतावासको सूचना