सुन एकैदिन तोलाको ५३ सयले बढ्यो, कतिमा हुदैँछ कारोबार

आज भने तोलाको ५ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुन प्रतितोला २ लाख ९२ हजारमा कारोबार भइरहेको छ ।

 काठमाडौं । लगातार दुई दिन घटेको सुनको मूल्य शुक्रबार भने बढेको छ । दुई दिनमा १५ हजार २ सयले घटेको सुनको मूल्य आज भने तोलाको ५ हजार ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुन प्रतितोला २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४ हजार ८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४ हजार ६५० मा कारोबार भएको थियो ।