कानुनमन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरुको माग
उनले तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता छोप्न नमिल्ने बताइन् । सांसद झाँक्रीले कानुन मन्त्रीले गलत सूचना जनतामाझ पुर्याएको आरोप लगाउँदै सरकारले उहाँमाथि कारबाही गर्नुपर्ने बताइन् ।
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।बिहीबार बसेको बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने कानुन मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्तिजनक भएको बताएका हुन् । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता-कार्यकर्ताले सामाजिक सञ्जाल वा भाषणमार्फत गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने बताएको स्मरण गराउँदै कानुन मन्त्री गौतमलाई कारबाही गर्न माग गरिन् ।
उनले राष्ट्रिय सभाले कुन कानुन र कहिले रोकेको हो रु भन्ने प्रश्न गर्दै त्यसको विवरण सार्वजनिक गर्न पनि चुनौती दिइन् । मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ ।
यस्तै, नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि कानुन मन्त्री श्रेष्ठको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको ध्यानाकर्षण गराइन् । सरकारले राष्ट्रिय सभामा कति कानुन दर्ता गरेको, प्रतिनिधिसभाबाट कति विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा आएको र राष्ट्रिय सभाले कति कानुनमा काम गरेको भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् । उनले तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता छोप्न नमिल्ने बताइन् । सांसद झाँक्रीले कानुन मन्त्रीले गलत सूचना जनतामाझ पुर्याएको आरोप लगाउँदै सरकारले उहाँमाथि कारबाही गर्नुपर्ने बताइन् ।
मन्त्री गौतमले आफ्नो अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाटै सार्वजनिक माफी माग्नुपर्ने उाको भनाई छ । यसमा राष्ट्रिय सभा अध्यक्षले रुलिङ समेत गर्नुपर्ने उनको भनाई छ । जेनजी दिवसको दिन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो बहुमत नभएको कारण काम गर्न नसकेको अभिव्यक्ति दिएकी थिइन् ।
