‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ ?’
‘नो लाइन, वन्ली अनलाइन’ को नारा दिएर आएको सरकारको पालामा नागरिकहरू रातदिन झरीमा रुझेर ग्यासको लाइन बस्नुपरेको भन्दै उहाँले सरकारको तीव्र आलोचना गरे ।
काठमाडौं । पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूले दिनहुँ निजी क्षेत्रलाई धम्क्याउने र तर्साउने गरेका कारण मुलुकको अर्थतन्त्र थप धराशायी बन्दै गएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद पुनले बजारमा महँगीले आकाश छोएको, सेयर बजारले सरकारलाई पत्याउन छाडेको र ग्यासको चरम हाहाकार हुँदा पनि सरकार रमिता हेरेर बसेको बताए । उनले मन्त्रीहरूलाई व्यवसायीमाथि आतंक सिर्जना गर्न छाडेर सहकार्यको हात बढाउन आग्रह गरे।
‘नो लाइन, वन्ली अनलाइन’ को नारा दिएर आएको सरकारको पालामा नागरिकहरू रातदिन झरीमा रुझेर ग्यासको लाइन बस्नुपरेको भन्दै उहाँले सरकारको तीव्र आलोचना गरे । भोटेकोशी र त्रिशूली बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको स्मरण गर्दै उनले खोज, उद्धार र राहतमा सरकारको उपस्थिति प्रभावकारी नभएको बताए । दुर्गम क्षेत्रका नागरिकले अझै राहत नपाएको भन्दै उनले भने, 'कतै बाटो छैन, कतै पुल छैन, कतै सञ्चार छैन। नागरिकले ‘राज्य आकाशमा ९हेलिकप्टरमा० र काठमाडौँमा मात्र देखियो’ भनिरहेका छन्। राहत कहाँ पुग्यो, कसलाई पुग्यो र कसलाई पुगेन, सरकारले संसद्लाई हिसाब दिनुपर्छ।'
विपद्को दीर्घकालीन समाधानका लागि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रस्ताव गरेको 'सर्वदलीय संसदीय विशेष समितिु गठनको मागलाई आफ्नो दलको पूर्ण समर्थन रहेको घोषणा गरे ।
त्यस्तै, २०७२ को भूकम्पमा जस्तो घर मात्र बनाएर नपुग्ने भन्दै बाढीले जमिन नै बगाएकाले स्थानान्तरणसहितको वैज्ञानिक पुनर्निर्माण योजना ल्याउन उनले माग गरे ।
