हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ-ओली
बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन् । बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् ।
ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ छ । उनले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराए । ११-१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शिघ्र बनाउन सरकारलाई सुझाव दिए ।
विस्थापित परिवारका सदस्यहरूलाई अलग-अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताए । बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उनले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक-अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।
राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिए । प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उनको भनाइ छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन्।
बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिएका हुन् । ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । राज्यले सबै हेलिकप्टर आफ्नो नियन्त्रणमा राख्ने तर स्वयंसेवामा खटिएका अन्य संस्थालाई आवश्यक साधन प्रयोग गर्न नदिने व्यवहार उचित नभएको उनको भनाइ छ । उनले विपद् प्रभावित क्षेत्रमा उद्धारमा भइरहेको ढिलाइप्रति पनि सरकारको ध्यानाकर्षण गराए ।
११-१२ दिनपछि मानिसहरू आफैं सुरुङबाट बाहिरिनुपर्ने अवस्था आउनु गम्भीर लापरवाही भएको भन्दै ओलीले उद्धार कार्यलाई प्रभावकारी र शिघ्र बनाउन सरकारलाई सुझाव दिए । विस्थापित परिवारका सदस्यहरूलाई अलग-अलग शिविरमा राखिएको विषयमा पनि ओलीले सरकार संवेदनशील बन्नुपर्ने बताए ।
बुबा एउटा शिविरमा र छोरी अर्को क्याम्पमा राखिएको उदाहरण दिँदै उनले परिवारका सदस्यहरूलाई सँगै बस्ने तथा एक-अर्कालाई भेट्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । राहत तथा उद्धारमा खटिएका स्वयंसेवकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले स्वच्छ खाना, सुरक्षित वातावरण र आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । राहत तथा उद्धारको वास्तविक अवस्था सार्वजनिक गर्न खोज्ने नागरिक तथा स्वयंसेवकलाई प्रहरी परिचालन गरेर रोक्ने काम नगर्न ओलीले सरकारलाई सुझाव दिए । प्रहरीको काम सरकारको कमजोरी लुकाउन मानिसलाई रोक्ने नभई नागरिकको सुरक्षा गर्नु भएको उनको भनाइ छ ।
