लगातार घट्दै सुनको मूल्य, आज कतिमा हुदैंछ कारोबार ?

आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो ।

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा एक हजार एक सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला तीन हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार पाँच सय २० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला ८० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।