सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १४ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १४ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ का दीपककुमार दास, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानीकुमारी मण्डल तथा शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।