गुल्मीमा प्रहरी इन्स्पेक्टर पर्वत केसी मृत फेला
५२ वर्षीय केसी मंगलबार बिहान करिब साढे ९ बजे सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । ५२ वर्षीय केसी मंगलबार बिहान करिब साढे ९ बजे सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।
लामो समयसम्म नउठेपछि उनलाई बोलाउन जाँदा कुनै प्रतिक्रिया नआएपछि कोठाको ढोका फोडेर हेर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । डीएसपी विश्वकर्माका अनुसार घटनास्थलमा कुनै शंकास्पद अवस्था देखिएको छैन । नेपाल प्रहरीमा २०५२ सालमा सेवा प्रवेश गरेका केसीको स्थायी घर दाङ भए पनि उनको परिवार नेपालगञ्जमा बस्दै आएको छ । आफन्त आइपुगेपछि उनको अन्त्येष्टिको तयारी भइरहेको प्रहरीले जनाएको छ ।