एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ८ हजार २ सयले घटेर तोलाको ३ लाख ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३३५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार २३० मा कारोबार भएको थियो ।