बढुवा भएका ११ एसएसपी पदस्थापन
काठमाडौं । प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन गरिएको छ ।
बुधबार राति बढुवा भएका ११ एसएसपीलाई बुधबार राति पदस्थापन गरिएको छ । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।
राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ । राजीवबहादुर बस्नेतलाई नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके) मा पठाइएको छ ।
त्यस्तै कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाललाई विभिन्न ठाउँमा पदस्थापन गरिएको छ ।