एशियन हाइड्रोको वित्तीय खर्च घटेपछि नोक्सानी पनि घट्यो

एशियन हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानी रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको नोक्सानी ५ करोड ८६ लाख रुपैयाँ नोक्सानीमा थियो ।

विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण लघुवित्तको खुद नोक्सानी घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशत बढेको छ भने कुल नाफा ४.३६ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा १३.८५ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २१.८० प्रतिशत घटेको छ ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा रहेको छ ।