एक अर्बले विक्री आम्दानी बढाएको सोनापुर मिनरल्सको प्रतिसेयर आम्दानी २० पैसा
कम्पनी नाफामा गएसँगै प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष २० पैसा धनात्मक भएको छ ।
सोनापुर मिनरल्स एण्ड आयलले गत आर्थिक वर्षमा गत आर्थिक वर्षमा ६१ लाख ५० हजार रुपैयाँ नाफा गरेको छ ।
सोनापुरले प्रकाशित गरेको गत वर्षको वार्षिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी बढेसँगै नाफामा गएको हो । अघिल्लो वर्ष कम्पनी ४७ करोड १० लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनी नाफामा गएसँगै प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष २० पैसा धनात्मक भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८ करोड ६२ लाख रुपैयाँबाट बढेर ७० करोड ६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो वर्ष १३ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा पनि गत वर्ष ४३ करोड ७० लाख रुपैयाँले धनात्मक भएको छ ।
अघिल्लो वर्ष १ अर्ब ६३ करोड रुपैयाँ बिक्री आम्दानी गरेको सोनापुरले गत वर्ष १ अर्ब रुपैयाँले बढाउँदै २ अर्ब ६१ लाख रुपैयाँ पु¥याएको छ ।
३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको सोनापुरको जगेडा कोषमा १ अर्ब १२ करोड ९२ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा पुगेको छ ।