हिमालयन रिइन्स्योरेन्सकी तत्कालीन सीईओ उपासना पौडेल पक्राउ, बीमा ऐन विपरीत कसुर गरेको आरोप
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपसना पौडेललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कम्पनीकी निलम्बित सीईओ पौडेललाई पक्राउ गरेको हो ।
नेपाल बीमा प्राधिकरणको अनुसन्धान प्रतिवेदननका आधारमा उनी बिमा ऐनसम्बन्धी कसुरमा पक्राउ परेकी हुन् ।
उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
